पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीलाई धारिलो हतियार प्रहार गर्ने सोम प्रकाउ
पाेखरा | बैशाख २०, २०८१
पोखरा: पोखरामा आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४७ वर्षीय सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।
आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलिले परियारलाई बैशाख १७ गते (सोमबार) पोखरा महानगरपालिका–६ डिहिगोपाटनबाट प्रकाउ गरेको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई पोखरा–२ बस्दै आएका परियारले छोरीसँग झगडा गरेको विषयलाई लिएर युवतीलाई धारिलो छुरा टाउकोमा प्रहार गरि घाइते बनाएका थिए ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सच्चाइएको: पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीलाई धारिलो हतियार प्रहार गर्ने सोम प्रकाउ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

